काठमाण्डौ -नेपालको पहिलो रक गायक माइक(मुकुन्द)खड्काको निधन भएको छ । शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिकेका गायक खड्काको ६९ वर्षको उमेरमा बिहान आफ्नै घर ललितपुरको पुल्चोकमा निधन भएको हो।

सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत थिए । गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित साङ्गीतिक सहकार्य गरेका उनले सञ्चालन गरेको कार्यक्रम युवामाझ लोकप्रिय थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । खड्काकी श्रीमती र एक छोरा छन् ।
