आज पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले एक विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन्,। यतिबेला बैंक, लघुवित्त संस्था र मिटरव्याजिहरुको चर्को शोषण र आतंकको कारण सर्वसाधरण जनता र उद्योगि व्यवशायीहरु आक्रान्त बनेको र ऋण अशुलिको नाममा लघुवित्त संस्था, मिटर व्याज र बैंकहरुले गाँउ गाँउ गएर जनतालाई भौतिक र मनोवैज्ञानिक दमन गर्ने कार्य तिब्र पारेको भन्दै उक्त कार्य बन्द गर्न चेतावनी दिएका छन्,।

बैंक तथा वित्तीय संस्थाका कारण नागरिकहरु आत्महत्या गर्ने अवस्थामा पुगिरहेको भन्दै जनतालाई यो स्थितिमा पुर्याउने यस्ता वित्तीय संस्था र यस्ता अपराधीक गतिबिधिलाई संरक्षण गर्ने कमिशनखोर राज्य सत्ताका यस्ता रवैयाहरु खुंकार अपराध नै भएको विज्ञप्तिमा उल्लेख छ ।


जारी विज्ञप्तिमा भनिएको छ,( ूदेशलाई पराधिनताको दुश्चक्रमा फसाउदै आर्थिक संकटको दलदलमा फसाइ सकेको यो दलाल पुँजिवादी संसदीय सत्ताबाट जनताले कुनै अपेक्षा गर्ने स्थिति छैन । बैंक तथा वित्तीय संस्थाहरुले यो विषम परिस्थीतिमा व्याजदर एक अंकमा घटाई सहज र सरल ढंगले ऋण तिर्ने वातावरण बनाउनु पर्छ । मिटर व्याजी टोले गुण्डाहरुले गुण्डागर्दी सहितको आफ्नो मिटरव्याज गतिविधि तुरुन्त रोक्न पर्छ । झापा जिल्लामा हाम्रो पार्टी यि सबै विषयलाई मध्यनजर गर्दै बैंक, लघुवित्त संस्था र मिटरव्याजिहरुलाई चेतावनि दिदै जनताको विचमा संघर्षशिल छ । हामि जनतालाई सहज रुपमा बांच्न दिन, काम गर्ने वातावरण दिन र एक अंकको ब्याजमा सरल तवरले ऋण तिर्ने वातावरण बनाइदिन सम्बन्धित सरोकारवाला हरुलाइ अनुरोध गर्दछौं ।
साथै जनताको निम्ति परिस्थिति सहज नबनाउन्जेल लघुबित्त संस्थाहरुलाई गांउ प्रबेशमा रोक लगाउँदै प्रतिबन्धित गरेको घोषणा गर्दछौं । बैंकहरुलाई जनतालाई नसताउन र सरल ढंगले ऋण तिर्ने वातावरण बनाउन साथै मिटरव्याज हरुलाई आफ्नो लुटेरा धन्दा तुरुन्त रोक्न, अन्यथा जनताको प्रतिरोध भोग्न तयार रहन चेतावनि दिन चाहान्छौं ।
आफुहरुमाथि भएको चर्को शोषण विरुद्ध शसक्त संघर्ष गर्न आवश्यक रहेको यो परिवेशमा आम जनतालाई संघर्षमा आउन अपिल गर्दछौं । साथै हाम्रो पार्टी जनताको विचमा रहेर संधै जनताको संघर्ष र विद्रोहको नेत्रित्व गर्ने प्रतिबद्धता समेत पेश गर्दछौं ।
याे पनि ……
चर्को व्याज असुल्ने बैंक तथा वित्तीय संस्था नेकपाको निशानामा, अटेर गर्नेलाई कारबाही गर्छौँ – सिंह प्रविण अधिकारी
झापा , ९ फागुन। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पुर्वको मेची ब्युरो अन्तर्गतका झापा, इलाम र पाँचथर जिल्लामा रहेका बैंक , लघुवित्त तथा वित्तीय संस्थाहरुको निग्रानी बढाएको छ।

पछिल्लो समय लघुवित्त तथा वित्तीय संस्थाहरुले नियमविपरीत चर्को ब्याजमा ऋण लगानी गर्ने गरेको र समयमा किस्ता बुझाउन नसकेपछि विभिन्न धाक तथा धम्की दिएको भन्दै पीडितले पार्टीमा उजुरी गरेका थिए। केही समयदेखि पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीको नेतृत्वको टोलीले प्रत्यक्ष जनतामाझ गएर जनताका समस्या तथा गुनासो बुझिरहेको थियोे ।
जनताको समस्या सहित यतिबेला पार्टीका नेताकार्यकर्ता वित्तीय संस्थाका कार्यालयहरुमा पीडित सहित छलफल गरिरहेका छन्, भने जनता ठग्ने बैंक तथा वित्तीय संस्थाहरु नसच्चिए कारबाही गरिने ब्युरो इन्चार्ज सुमनसिंह सी ले चेतावनी दिएका छन्,।
