हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

अश्लील गितहरुले समाजमा बिकृति फैलाई रहेको छ – प्र.अ. कुर्मी

फाल्गुन १२ । अश्लील गितहरुले समाजमा बिकृति फैलाई रहेको त्रिजुद्ध मा बिका प्र.अ हरेन्द्र कुर्र्मीले बताएका छन् ।

Advertisement

भोजपुरी मौलिक गितहरु लोप भईरहेकोले अब सबै मिलेर संरक्षण गर्नु पर्नेमा वहाँको जोड रहेको छ ।नेपाल भोजपुरी समाजको आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गदैै प्र.अ कुर्र्मीले प्रा.बि तहमा भोजपुरी पाठ्यक्रम लागु गर्नु पर्नेमा जोड पनि दिनु भयो ।

Advertisement

समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुरी कला संस्कृतिको बारेमा सचिब राजेन्द्र सिंह राजपुतले बिध्यार्थाीहरुलाई प्रशिक्षण दिनु भएको हो । कार्यक्रममा बिध्यालयमा शिक्षक सरोज पटेल, रबि चौरसिया, नेपाल भोजपुरी समाजका सल्लाहाकार मनोज कुमार मिश्र, उपाध्यक्ष रितुराज पटेल, संचारकर्र्मी राजकुमार सरर्फा लगायतको सहभागीता रहेको थियो । नेपाल भोजपुरी समाजले हरेक शुक्रबार सामुदायिक बिध्यालयहरुमा प्रशिक्षण अभियान संचालन गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)