हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मिलनचोकमा बसले ठक्कर दिंदा पत्रकार मनोजको मृत्यु

बुटवल – बुटवलमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका पत्रकार मनोज हितंगा रहेका छन् ।

Advertisement

बुटवलको मिलनचोकमा शनिबार राति करिब सवा ११ बजे लु ८प ९०६८ नम्बरको मोटरसाइकलमा बुटवलको मिलनचोकबाट अस्पताललाइनतर्फ जाँदै गरेका हितंगालाई विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७-०२-००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा परी घाइते भएका हितंगाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा हितंगा करिब १५ वर्षदेखि बुटवलको बुद्धनगरमा बस्दै आएका थिए । उनी हितंगा एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा सम्वाददताको रुपमा कार्यरत थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)