हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रहरीको भ्यानबाट हामफालेर हतकडीसहित २८ वर्षीय अभियुक्त राजा फरार

नकपुर, फागुन १५ –प्रहरीको भ्यानबाट हामफालेर धनुषामा एक अभियुक्त फरार भएका छन्। फरार हुनेमा धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया रहेका छन् ।

Advertisement

मुखिया हतकडीसहित आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबा भागेको बताइएको छ । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका उनी धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा फरार भएका हुन् ।

Advertisement

उनको खोजी कार्य तीव्र बनाइएको बताइएको छ । प्रहरीबाट उम्केर धनुषामा एक महिनामै थुनुवा फरार भएको यो दोस्रो घटना हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)