हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक 325 C को सेकेण्ड भाइस गर्भनरमा अजय अग्रवाललाई अघि बढाइदै

दमक/ लायन्स क्लव ईन्टरनेशनल ३२५ सि (325 c) अन्तरगत लायन बर्ष सन् २०२३/०२४ का लागि सेकेण्ड भाइस गर्भनर (Second Vice District Governor )मा लायन्स क्लव अफ झापा दमकले लायन्स लिडर अजयअग्रवाललाई अघि सार्ने निर्णय गरेको छ ।

Advertisement

झण्डै दूइ दशकअघिदेखि निरन्तर लायन्स क्लवको माध्यमबाट सामाजिक सेवामा क्रियाशिल अग्रवाललाई क्लवको तर्फबाट अघि सार्ने सर्वसम्मत निर्णय भएको क्लवका अध्यक्ष अशोक चौधरीले बताएकाछन् ।

Advertisement

हाल ग्लोबल सर्विस टीम (GST) डिस्ट्रिक कोअर्डिनेटर रहेका अग्रवाल झापाका पुराना लायन्सकर्मीहरु मध्येमा पर्छन् । यसभन्दा अघि अघिल्लो बर्ष अग्रवालको चर्चा रहेको थियो । उनले सर्वसम्मत नेतृत्वका लागि सहजिकरण गरेका थिए ।

सामाजिक सेवामा क्रियाशिल रहने लायन्स क्लवहरुको हवको रुपमा विकास हुँदै गएको दमकबाट लायन्सको डिस्ट्रिकको महत्वपुर्ण जिम्मेवारीमा पुर्याउने अवसरको रुपमा हामीले अग्रवाललाई सर्वसम्मत रुपमा अघि सारेका हौ र सबैको साथ रहने विश्वास ब्यक्त गरेका छौ, चौधरीले भने ।

अग्रवाल लायन्समा आफु सक्रिय रहदै क्लवहरुलाई सक्रिय रहन प्रेरित गर्दै आएकाले डिस्ट्रिकमा सर्वसम्मत सेकेण्ड भाइस गर्भनर बन्नेमा आफुहरु आशाबादी रहेको लायन्स क्लव अफ झापा दमकका फस्ट भाइस प्रेसिडेन्ट राम थपलियाले बताए ।  सबैको साथ, विश्वास र भरोसाको अपेक्षा छ, उनले भने ।

लायन्स क्लव अफ झापा दमकका सचिव विष्णुप्रसाद अग्रवालका अनुसार अग्रवाललाई डिस्ट्रिकमा गर्वनर बनाउनका लागि सबैको सहयोग प्राप्त हुने विश्वास लिईएको बताए । अग्रवालको लायन्सको लगाव तथा योगदानका साथै काम गर्ने दृढता उच्च भएकाले सर्वसम्मत रुपमा उनलाई अघि सारिएको पोखरेलले जनाए ।

अग्रवाल झापाका स्थापित ब्यवसायी तथा उद्योगीहुन् । ब्यवसायसंगै सामाजिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रुपमा काम गर्दै आएकाछन् । लायन्स क्लवका बिभिन्न जिम्मेवारीहरु समेत कुशलतापुर्वक सम्हाल्दै आएकाछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)