हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रदेश १ को नामाकरण: नेकपा एस र जसपावाट‘किरात–लिम्बुवान–सगरमाथा’ प्रस्ताव दर्ता

बिराटनगर, १७ फागुन । प्रदेश १ को नाम नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी, नेपालले ‘किरात–लिम्बुवान–सगरमाथा’ राख्नु पर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसले ‘कोशी’ नामाकरण गर्नु पर्ने भन्दै प्रस्ताव दर्ता गराए पछि नेकपा एस र जसपा नेपालले लामो नाम ‘किरात–लिम्बुवान–सगरमाथा’ राख्नु पर्ने प्रस्ताव दर्ता गराएका हुन् ।

Advertisement

नेकपा एसका मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

Advertisement

नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको सर्मथनमा ‘कोशी’ नाम यसअघि नै दर्ता भइसकेको छ । एमालेको ४० र कांग्रेसको २९ मत रहेकाले बहमुतका आधारमा सहजै प्रदेश नामको प्रस्ताव पारित हुनेछ । आबाश्यक ६३ मत भन्दा बढी ६९ मत रहेकाले कांग्रेस एमालेको प्रस्ताव पारित हुने देखिएको छ ।

एमाले कांग्रेसको प्रस्तावलाई माओवादी केन्द्रले पनि समर्थन जनाउन सक्ने भएकाले आजै नामाकरण हुने गरी प्रदेश संसद सचिवालयले कारबाही अघि बढाएको छ । अपरान्ह १ बजेको बैठक बोलाए पनि सहमतिको प्रयास जारी रहेको भन्दै अझै बैठक सुरु भएको छैन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)