हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

सभामुख देवराज घिमिरे द्वारा बिर्तामोड नगर अस्पताल उद्घाटन हुने

झापा । बिर्तामोड नगर अस्पताल फागुन २० गते बाट औपचारिक रुपमा संचालनमा आउने भएको छ।

Advertisement

बिर्तामोड नगरपालिका द्वारा संचालित अस्पतालमा डाईलोसिस सहितका सेवा प्रदान गर्ने आज अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ।

Advertisement

नगर प्रमुख पबित्रा महतरा प्रसाईले नगर बासीको स्वास्थ्य उपचार ध्यानमा राखी अस्पताल संचालनमा ल्याईएको बताइन् । बर्थिङ सेन्टर ,एनआईसियु सहितको सेवा समेत संचालनको तयारी गरिएको र स्वास्थ्य बिमा पुर्ण रुपमा लागू गरिने बताईएको छ। पाँच करोड ५० लाख ७ हजार ७६० रुपैयाँको लागतमा अस्पताल भवनको निर्माण कार्य पूरा गरेको हो ।

डा. सुनिल अधिकारीकाे नेतृत्वमा ३६ जना स्वास्थ्यकर्मीको टाेली परिचालन गरिएको छ । नगर अस्पतालमा सरकारकाे स्वास्थ्य बीमा पूर्णरुपमा लागू गरिएको मेयर प्रसाईले बताइन् । नगर अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सञ्चालनकाे तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले बताए । अस्पतालको उद्घाटन सम्माननिय सभामुख देवराज घिमिरेले गर्ने बताईएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)