हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

इलामको चेप्टी पर्यटकको लागि गन्तव्य बन्दै

हल्दिबारी । सुख्खा याम सुरु भए संगै पर्यटकको रोजाईको केन्द्र बन्दै गरेको छ दक्षिणी इलामको माई नगरपालिका २ मा निर्माण गरिएको चेप्टी ।

Advertisement

छिमेकी मुलुक भारत, बंगलादेश र भुटानबाट समेत यस क्षेत्रमा घुम्न र पिकनिक खानका लागि दैनिक हजारौको सङ्ख्यामा आन्तरिक र वाह्रय पर्यटकहरु आउने गरेका छन ।

Advertisement

झापाको बिर्तामोड र कनकाई नगरपालिकाको दुर्गापुर बाट पुग्न सकिने सो स्थानमा बालबालिका देखि वृद्ध(वृद्धा घुम्न पुग्छन् भने चलचित्र कर्मीहरुका लागि नमूना गन्तव्य बन्दै गएको पनि छ । इलाम आफैमा प्राकृतिक रुपमा मनोरम स्थल भएता पनि चेप्टीको आकर्षण र हावापानीले पनि पर्यटकलाई तान्ने गरेको पाईन्छ ।
करोडौको लागतमा खुलेको ह्याप्पी ड्रिम्स चेप्टीमा पिकनिक र शैक्षिक अललोकन भ्रमणका नेपालका पश्चिम तथा विभिन्न स्थानबाट आएका पर्यटकले इलाम लाई अझ महत्त्वपूर्ण क्षेत्रको रुपमा बिकास गरेको छ।

चेप्टी झर्ना ,जंगली जनावर ,सयौं प्रकारका फुलबिरुवा र खेल सामाग्रीले पर्यटकलाई लोभ्याउने गरेको स्थानीयहरु बताउँछन् । २०० रोपनी क्षेत्रफलमा फैलिएको सो स्थान यति बेला युवापुस्ताको आकर्षणको केन्द्र बन्दै गरेको छ।

बालबालिकाको तथा युवाको लागि खेल्ने खेल सामाग्री समेत राखिएको यस क्षेत्रमा, रक गार्डेन, हास पोखरी, विभिन्न मुर्तिहरु, पोखरीमा संचालनका लागि पानी जहाज समेत निर्माण हुँदै आएको छ । हाल दैनिक १५ सयको भन्दा बढी पर्यटक नेपाल तथा भारत, भुटानबाट समेतका पर्यटकहरु आएर रमाउने गरेको संचालन दिनेश शिवाकोटी बताउँछन् ।

पुर्वपश्चिम राजमार्ग दुर्गापुर २४ किलोमिटर उत्तरमा रहेको यस क्षेत्रमा मोटरसाईकल, गाडीमा सहजै पुग्न सकिने र आफ्नै यातायातको साधन नहुनेहरुका लागि चेप्टीद्धारा आफ्नै निजि बस समेत संचालनमा ल्याइएको चेप्टीका संचालक शिवाकोटीले जानकारी दिए । गर्दा हुदो रहेछ भन्ने उदाहरण बनेको छ चेप्टी यति बेला

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)