हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जलथलकाे जङ्गलमा बढ्याे चाेरी तस्करी, वन उपभाेत्ता समुहका पदाधिकारीहरु माैन

जलथल । हल्दिवारी गाउँपालिका वडा नम्बर ४ मा रहेकाे पाथिभरा कालिका वन उपभोक्ता समुहकाे वन क्षेत्र भित्र रूखकाे अवैध चाेरी तस्करी बढेकाे छ।

Advertisement

स्थानीयका अनुसार त्यस वन क्षेत्रमा रूख काट्ने चेन्साे मिसिन (रूख काट्ने आधुनिक उपकरण) प्रयोग गरी सखुवा प्रजाति, लगायत अन्य प्रजातिकाे समेत रूख काटिएको छ ।

Advertisement

यसरी समुदायिक वन क्षेत्र भित्र विभिन्न औजार उपकरणहरू प्रयोगगरी रूख काटिदा ,चाेरी चकारी हुदा वन उपभोक्ता समिति भने बेखबर बनिदिदा याे कार्यमा वन समितिकाे मिलाेमताेमा भएको स्थानीयकाे आराेप छ। वन उपभोक्ता समुहले वन गस्तीमा जादा यस्तो अवैध चाेरी चकारी भएको फेला पारेपछि वन समुहका अध्यक्ष चिरञ्जीवी पाैडेललाई जानकारी समेत गए तर पाैडेल बेवास्ता गरेकाे उनीहरू बताउँछन ।

पछिल्लो समय जङ्गलि हात्तीकाे कारण वन गस्ती राेक्ने काम वन समुहले गरिदिदा तस्करहरूलाई थप सहयाेग र सजिलाे भएको स्थानीयकाे बुझाई छ। संरक्षणका लागि बनेकाे वन उपभोक्ता समुह नै वन तस्करीमा लागेकाे जानकारहरू बताउँछ । तर याे पहिलो पटक भने हाेईन यस अघि पनि यस सामुदायिक वनमा यस्तो चाेरी तस्करी हुने गरेकाे थियाे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)