हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

लघुबित्त, सहकारी र मिटर ब्याज बिरुद्ध झापाका दुई पालिकामा प्रदर्शन

झापा – देशभर बैंक तथा वित्तीय संस्था र मिटर ब्याजीहरुका विरुद्ध आन्दोलन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले झापामा निरन्तर प्रदर्शन गरिरहेको छ।

Advertisement

शनिबार झापाका दुई पालीकामा पीडित जनता सहित नेपाल कम्युनिस्ट पार्टीले जनतालाई ठगि गरिरहेको भन्दै प्रदर्शन गरेको हो । जिल्लाको बुद्वशान्ती गाउँपालिकामा भएको कार्यक्रमलाई पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सीले सम्बोधन गरेका थिए भने झापा गाउँपालिकामा भएको कार्यक्रमलाई जिल्ला सचिव सञ्जय सीले सम्बोधन गरेका थिए। देशमा आर्थिक समस्या बढेका समयमा लघुबित्त, बैंक तथा सहकारी र मिटरब्याजीहरुले घर-घरमा गएर जनता धम्क्याउने , ताला लगाउने जस्तो गतिविधि बढ्न थालेको भन्दै नेकपा आक्रोशित बनेको हो ।

Advertisement

विरोध प्रदर्शन कार्यक्रममा भेला भएका पीडितहरुले बैंक तथा वित्तीय संस्थाका विरुद्ध विभिन्न नाराबाजी समेत गरेका थिए। प्रदर्शनमा लघुबित्त मुर्दावाद! चर्को ब्याजदर फिर्ता गर! मिटर ब्याज बन्द गर! जस्ता नारा लगाँउदै बजार परिक्रमा गरिएको थियोे । यसअघि नै नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै पीडितहरुलाई नधम्क्याउन र ऋण तिर्न सहज वातावरण बनाउन आग्रह गरेपनि केही वित्तीय संस्थाहरुले अटेर गरेपछि कार्यालयमै समेत पुगेर सम्झाउने काम भैरहेको र अटेर गर्नेहरुलाई कारबाही गरिने जिल्ला इन्चार्ज प्रशान्त सिले बताएका छन्,।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)