हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीको सरस्वती आ.वि.मा अभिभावक र वि.ब्य. समितिका सदस्यहरु अध्यक्ष बिरुद्ध आन्दाेलनमा

हल्दिबारी, २२ फागुन । श्री सरस्वती आवी हल्दिबारी-२ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इश्वरी दाहाललाई हटाउन मागगर्दै हल्दिबारी गाउँपालिका अध्यक्ष तथा हल्दिबारी गाउँ शिक्षा प्रमुखलाई ज्ञापन पत्र स्थानीय अभिभावकले बुझाएका छ्न ।
उत्त ज्ञापन पत्रमा विधालय ब्यवस्थापन समितिका सदस्यहरु खकेन राजव‌ंशी, खिनादेवी घिमिरे, सन्जु राजवंशी, मिना कालिकाेटे, रचना कुलुङ (२ नं वडा सदस्दय), शिव थारु र सनिका राइ सहित १२६ जना विधालयका अभिभावकाे हस्ताक्षर रहेकाे छ । ज्ञापन पत्रमा लेखिएकाे छ
“श्रीमान प्रमुख ज्यु
श्री गाउँ शिक्षा समिति
हल्दिबारी गाउँपालिका,झपा
बिषय- ज्ञापन पत्र पेश गरिएको सम्बन्धमा ।
प्रस्तुत विषयमा दश बर्षे जनयुद्धको राप र तापमा भएको जनआन्दोलन २ र मधेश आन्दोलनको देन बाट प्राप्त संघियताको मर्म अनुसार तिन तहको सरकारको परीकल्पना गरीएकोछ र जनताको सबै भन्दा नजिकको सरकारको रुपमा स्थानिय सरकारलाई देख्न सकिन्छ र सोहि अनुरुप शिक्षा क्षेत्रको माध्यामिक तह सम्मको सबै अधिकार स्थानिय तहमै सुम्पिएको छ। सो सन्दर्भमा स्थानिय तह २०७४ को निर्वाचन प्रश्चात गा.पा.को निर्णय अनुसार जनप्रतिनिधि बि. ब्य.स. को अध्यक्ष तोकेर पठाकोमा गा.पा. भरीको १७ ओटा सामुदायिक बिध्यालय मध्ये हाम्रो श्री सरस्वति आ.बि. हल्दिबारी २ सर्व उत्कृष्ट बिध्यालय घोषित भई नगत रु ५००००/- (पचास हजार) सहित पुरुस्कृत भएको सर्व विभिदैछ। तर हाल आएर विध्यालयमा संघीय शिक्षा एन संग बाझिने गरी जनप्रतिनिधि लाई समेत हटाई बिध्यार्थी नै नभएको गैर अभिभावलाई अध्यक्ष बनाई पठाएकोमा हामि तपसिलका अभिभावको गम्भिर आपत्ति रहेकोछ। सो सन्दर्भमा हाम्रो श्री सरस्वति आ.बि. मा श्री ईश्वरी दाहाल ज्युलाई अध्यक्ष बनाई पठाए पछि स्कुलमा चरम राजनितिकरण भएको, बि.व्या.स. को सदस्यहरुलाई समेत समेटेर लान नसकेको, विध्यार्थिको अनुशासनमा समेत कमि आएको र नियमित अनुगमन समेत नभएको जस्को कारणले दैनिक बिध्यार्थीको शैक्षिक गुणस्तर खस्कदै गएको र बिध्यालयले बिगतमा गरेको बिकास निर्माणको गतिबिधिहरुको कुन प्रक्रीया वाट संचालन गरीएको भनि आएको अक्तियारको पत्रको जवाफ दिन विध्यालयले तयार पारेको प्रतिवेदनमा समेत अध्यक्षको हैसियतले दस्तखत नगरेको हुँदा यस बिध्यालयको वि.व्या.स. अध्यक्ष रहने नैति अधिकार समेत गुमाई सकेको हुनाले निज श्री ईश्वरी दाहाललाई यथा सिग्र अध्यक्ष पद बाट हटाउन यो ज्ञापन पत्र बुझाएको ब्याहोरा अनुरोध गर्दछौ। साथै हाम्रो यो मागको ब्यावस्था गरेमा हामि अभिभावक र बिध्यार्थि चरण बद्ध आन्दोलनमा उन्नने ब्याहोरा समेत जानकरी गराउदछौं।”
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)