हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

राष्ट्रपति निर्वाचनमा मतदान सुरु, पहिलो मत रामचन्द्र पौडेलले हाले

काठमाडौं, २५ फागुन । मुलकका लागि हुन गईरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सुरु भएको छ ।बानेश्वरस्थि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखी मतदान सुरु भएको हो ।  जारी मतदानमा पहिलो मत नेपाली कांग्रेसका नेता  तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले हालेका छन ।

Advertisement

‘बिहान १० बजे देखी सुरु भएको मतदान अपरान्ह ३ बजेसम्म हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडेलले भने, ‘तीन बजेसम्म लाइन बसेका सांसदले मतदानमा सहभागी हुन सक्नेछन ।’

Advertisement

मतदानका लागि संघीय सांसदका सांसद र प्रदेश सांसदह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेर लाइन बसिसकेका छन । संघीय सांसद र प्रदेश सांसदका लागि मतदान गर्ने स्थल अलग अलग बनाईएको छ । सांसदहरु मतदानस्थलमा आउने क्रम जारी छ ।

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)