हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आफ्नाे छोराको निधन पछि एक्लिएकी बुहारीलाई छोरीको रुपमा विवाह गरेर पठाए

दाङ -दाङको तुलसीपुरमा सासु ससुराले बुहारीको विवाह गराइदिएका छन । तुलसीपुरका शिव श्रेष्ठ र बिना श्रेष्ठले आफ्नो एकल बुहारी आरती श्रेष्ठको विवाह गराइदिएका हुन् । ३० वर्षीय आरती सासु बिना र ससुरा शिव श्रेष्ठसगं तुलसीपुरमा बस्दै आएकी थिइन ।

Advertisement

उनीहरुले क्यान्सरका कारण छोराको मृत्युपछि एक्लिएकी बुहारीलाई छोरीको रुपमा लिँदै बर्दघाट नगरपालिका वडा नं। ५ पालडाँडा निवासी चन्दन ध्वज केसीसगं विवाह गरिदिएका हुन् ।

Advertisement

छोरी आरतीको सुन्दर भविष्यको कामना गर्दै कन्यादान गरि विवाह गराइदिएको शिव श्रेष्ठले बताए ।हामीले छोरीको भविष्यका लागि घर पक्ष र माइतीका सबैको सल्लाहले विवाह गरिदियौं ससुरा शिबले भने ।

यो विवाहले बुहारी पनि छोरी सरह नै हुन भन्ने सकारात्मक सन्देश दिएको छ । आरतीको विवाहमा यहाँका जनप्रतिनिधी, स्थानीय राजनितिक दलका नेताहरुगणहरु, पत्रकार लगाएत विभिन्न क्षेत्रका व्यक्तीहरुको सहभागिता रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)