स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारी ५ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न

 हल्दिवारी गाउँपालिका वाड न ५ तथा आस्विन पोलिक्लिनिक बिर्तामोड झापा को प्राबिधिक सहयोगमा एक दिवसीय स्वास्थ शिविर सम्पन्न भएको छ।

Advertisement

हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखा को समन्वयमा फाल्गुन १० गते मधुमेह तथा हर्मोन रोग बिशेषज्ञ ( Endocrinologist ) डा .बजरङ्ग कुमार रौनियार को नेतृत्वमा रहेको प्राबिधिक टोलि ले १२८ जना बिरामिहरुलाई स्वास्थ्य सेवा प्रदान गरेको स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले बताए ।

Advertisement

स्वास्थ शाखा प्रमुख निरौलाका अनुसार १०४ जना बिरामिलाई निसुल्क औसधि तथा रगत जाच सेवा प्रदान गर्नुका साथै स्वास्थ्य शिबिरमा मधुमेह का २० जना उच्चरक्तचाप भयेका १५ जना र अन्य बिरामिहरुलाई परामर्श तथा औषधि उपचार सेवा प्रदान गरिएको थियोे ।

वाड न ५ का अध्यक्ष श्री शेरबहादुर नेम्वाङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्गदेनको प्रमुख अतिय्तामा शिविरको संचालन गरिएको थियोे ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article