हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रगतिशील पत्रकार संघ, नेपालको संयोजकमा उदय जीएम

प्रगतिशील पत्रकार संघ, नेपालले बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने गरी पत्रकार उदय जीएमको नेतृत्वमा आयोजक समिति गठन गरेको छ। संघका अध्यक्ष नारायण शर्माले राजीनामा दिएपछि बैठकले नयाँ आयोजक समितिको संयोजकमा जीएमलाई चयन गरेको हो।

Advertisement

राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको संगठनका उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा रुपन्देहीको बुटवलमा शनिबार सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै आयोजक समिति गठन गरेको हो। बैठकले श्यामलाल पोखरेल सचिव र बिनोद पौडेल कोषाध्यक्ष रहेको आयोजक समिति बनाएको छ।

Advertisement

 १९ सदस्यीय आयोजक समितिको सदस्यहरुमा महेश रिजाल, तिलक गाउँले, माधव भाट, प्रज्वल पहाडी, लक्ष्मी चौधरी, नारायण गिरि, विद्यानाथ अधिकारी र गोपाल बराइली रहेका छन्। त्यस्तै सदस्यहरुमै श्याम घिमिरे, प्रकाश थापा, तारानाथ शर्मा, राम सुवेदी, सुमन अधिकारी, भाषा शर्मा, शुक्र भण्डारी र जुमानसिंह केसी रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)