कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीम ३९० घन्टे च्याउ तथा बेमौसमी तरकारी खेती तालिम शुरु

 हल्दिवारी गाउँपालिकाले ६० जना कृषकलाई स्वरोजगार बनाउने लक्ष्यका ३९० घण्टाको तालीम दिन शुरु गरेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्परिषद ( ctevt) को प्राविधिक सहयोग ,गाउँपालिका तथा हल्दिवारी माविको सहकार्यमा तालीमको शुरु भएको हो ।

Advertisement

तालिममा ४० जना च्याउ खेती तथा २० जनालाई बेमौसमी तरकारी खेती सम्बन्धि ६ हप्ता सम्म व्यवहारिक ,प्रयोगात्मक कक्षासंचालन गरि अध्यन आध्यापन गराईने छ।

Advertisement

हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य तथा उपाध्यक्ष डम्बर बहादुर गिरिको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा तालिममा भागलिनेहरुलाई स्वागत गरिएको थियोे ।

स्वागत कार्यक्रममा प्रमुख अतिथि लिङ्गदेन ,उपाध्यक्ष गिरि ,कार्यक्रममा अध्यक्ष तथा २ नम्बर वडा अध्यक्ष राजेन्द्र योङहाङ ,हल्दिवारी माविका प्र अ टंक पाखृन ,कार्यक्रमका संयोजक लेखराज भण्डारी लगायतले तालीमको महत्त्वको बारेमा मन्तव्य राखेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article