समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बालकुमारीमा मोटरसाइकल दुर्घटना,भट्टराई र राईको मृत्यु

       ललितपुर । ललितपुरको बालकुमारीमा सोमबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा३८प ८३५७ नम्बरको मोटरसाइकल आकाशेपुल नजिकैको रेलिङमा बिहान सवा ४ बजे ठोक्किएको थियो ।

Advertisement

उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौँको लाजिम्पाट बस्ने अन्दाजी ३० वर्षीय दिवश किशोर भट्टराई र पछाडी सवार अन्दाजी ३० वर्षकै ललिता राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा बिहान पौने ५ बजे मृत्यु भएको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article