समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जंगलमा खिचेको भिडियो डिलिट नगर्दा साथीलाई हिरासत पुर्‍याइन् युवतीले

 साथी साथीले जिस्केर खिचेको फोटोले प्रहरी हिरासतमा पुग्नु पर्ला भन्ने कल्पना पनि नगरेका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार महाशिवरात्रिका दिन एक युवती साथीसँग घुम्न आएका तीन अहिले महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा पुगेका छन् ।

Advertisement

प्रहरीले सिन्धुली दुधौली नगरपालिका–६ का अर्जुन अधिकारी, १८ वर्षीय शान्तिमान थामी दनुवार र राजीव थनेतलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

Advertisement

शिवरात्रिका दिन सूर्यविनायकको जङ्गलमा घुम्न गएका किशोरीका प्रेमीले साथीहरु कै अगाडि चुम्बन गरेपछि उसकै साथीहरुले जिस्किएर चुम्बन गरेको भिडियो खिचेका थिए । त्यही भिडियो मेट्न किशोरीले गरेको आग्रह साथीहरुले नमानेपछि यही कुरा प्रहरीमा पुगेपछि प्रहरीले तीनै जनालाई कटुञ्जेबाट पक्राउ गरेको हो ।

पक्राउ गरी प्रहरी वृत्त जगाती पु¥याइएपछि किशोरीले साथीले कुनै जबरजस्ती नगरेको भन्दै जाहेरी दिन नमानेपछि प्रहरीले आज प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको प्रनाउ गिरीले जानकारी दिनुभयो । किशोरीले साथीको मोबाइलबाट चुम्बन गरेको भिडियो डिलिट गरिदिए पुग्ने बताउँदै जाहेरी नदिएपछि अभद्र व्यवहारमा मुद्दा चलाएको उहाँको भनाइ छ ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article