समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

फेवातालमा डुङ्गा पल्टिँदा एकजना बेपत्ता

फेवातालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट घुम्न आएको टोली डुंगा पल्टिदा एक जना बेपत्ता भएका हुन् ।

Advertisement

प्रहरीकाअनुसार डुंगामा सवार ४ जनामध्ये ३ जनालाई नेपाली सेनाको रेस्क्यु टोलीले उद्दार गरि सकेको छ । दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा डुंगा पल्टिएको थियो ।

Advertisement

प्रहरीकाअनुसार प्राइभेट डु्ंगा लिएर गएका उनीहरु डुंगामा पानी भरिएपछि पल्टिएको थियो । बेपत्ता एकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । फेवातालको सिरान खपौदीबाट उनीहरु डुंगा लिएर निस्केका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article