हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीमा ५ दिने बाख्रा पालन सीप मुलक तालीम सम्पन्न

 हल्दिवारी गाउँपालिकामा ५ दिने बाख्रा पालन सम्बन्धी सीप विकास तालिम आज सम्पन्न भएको छ । यहि फाल्गुन ९ देखि १३ सम्म संचालन भएको उक्त तालीमको हल्दिवारी गाउँपालिका ४ का अध्यक्ष होम प्रसाद चुडालले समापन गर्नु भएको थियोे ।

Advertisement

उद्योग पर्यटन तथा वातावरण मन्त्रालय घरेलु तथा साना उद्योग कार्यलय झापाको आर्थिक सहयोग तथा झापा प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा ६ जनालाई ५ दिने तालिम दिइएको छ।

Advertisement

” गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( मेड्पा ) ” को समन्वयमा उक्त तालिम संचालन गरिएको थियोे । उक्त तालीममा ६ जना पुरुष तथा महिलाले भाग लिएका थिए ।

समापन कार्यक्रममा वडा अध्यक्ष होमप्रसाद चुडाल ,कार्यक्रम संयोजक मन्दिरा किस्कु ,प्रशिक्षक बिस्णु प्रसाद भट्टराई र सहभागी इस्वरा तिवारीले तालिमको उपयोगीता ,चुनौती ,फाइदाका बारेमा मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण बिनिता बरालले गरेकी थिईन । 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)