शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

त्रिविका सबै क्याम्पस स्ववियु विहीन

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) आजबाट खाली भएका छन्। यसअघि त्रिविले विसं २०७३ फागुन १८ गते २६ आंगिक र करिब २ सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गरेको थियो।

Advertisement

२०७५ साल फागुन १४ गते स्ववियुको दुईवर्षे कार्यकाल सकिएपछि त्रिवि कार्यकारी परिषद्ले ६–६ महिना गरी दुईपटकको कार्यकाल थप गर्ने निर्णय गरेको थियो। सो निर्णय आज मंगलबारसम्म मात्र कार्यान्वयन हुनेछ। थप गरिएको एकवर्षे कार्यकाल सकिएलगत्तै त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ६२ सम्बन्धन क्याम्पस स्ववियुविहीन भएका छन्।

Advertisement

त्रिवि कार्यकारी परिषद्को बैठकले भोलि फागुन १४ गते निर्वाचन गर्ने निर्णय गरेको थियो। नेपाल विद्यार्थी संघले रेक्टर नियुक्ति भएपछि मात्र निर्वाचन गर्न अडान राखेपछि करिब डेढ साताअघि निर्वाचन स्थगित भएको हो ।

त्रिविले ११ वर्ष अघिदेखि हुन नसकेको ६२ आंगिक र १ हजार ६२ सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने गरी तयारी गरेको थियो। त्रिविले त्यस बेला त्रिविले पहिलोपटक २८ वर्ष उमेरहद कायम गरी निर्वाचन गरेको थियो । सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको निर्वाचन एकैपटक गर्ने गरी तयार भइरहेको त्रिविले जनाएको छ ।

दुई ठूला विद्यार्थी संगठन अनेरास्ववियु र नेविसंघले क्याम्पसमा खबरदारी गर्ने बलियो र एकमात्र निकाय स्ववियुको निर्वाचन तत्काल गर्न दबाब दिने जनाएका छन् । अनेरास्ववियुका संयोजक ऐन महरले स्ववियुविहीन भएपछि विद्यार्थीको गतिविधि ठप्प हुने भएकोले तत्काल निर्वाचनको मिति तय गर्न त्रिविलाई दबाव दिने तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– चैतभित्र निर्वाचन गर्नेगरी त्रिविले तालिका सार्वजनिक गर्नुपर्छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले तत्काल रेक्टर नियुक्ति गरी निर्वाचनको मिति सार्वजनिक गर्न दवाव दिनुको विकल्प नभएको बताउनुभयो ।त्रिवि विद्यार्थी तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगरले निर्वाचनका लागि निर्देशनालयले संयोजन गरिरहेको जानकारी दिनुभयो ।प्रत्येक दुई वर्षमा हुनुपर्ने निर्वाचन विद्यार्थी संगठनहरूको विवादकै कारण लगातार स्थगित भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article