समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

 ओलीबाहेक नेकपाका शीर्ष नेताबीच वार्ता जारी

अध्यक्ष पुष्पकमल दाहाल , वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतका नेताबीच अहिले प्रचण्ड निवास खुमलटारमा छलफल चलिरहेको स्रोतले जनाएको छ 

Advertisement

बिहान करिब आठ बजेदेखि चलेको छलफल पार्टीमा पछिल्लो समय बढेको विवादको विषयमा केन्द्रीत रहेको स्रोतको भनाई छसुरुमा प्रचण्ड निवासमा झलनाथ खनाल पुगेका थिए। त्यसपछि माधव नेपाल, वामदेव गौतम पुगेका छन्।स्रोतका अनुसार छलफलमा नारायणकाजी श्रेष्ठलाई पनि बोलाइएको त।

Advertisement

तर, उनी पुगिसकेका छैनन्।छलफलमा ऊर्जामन्त्री वर्षमान पुन पनि सहभागी रहेका स्रोतले जनाएको छ।शीर्ष नेताबीचको छलफलपछि प्रचण्ड आजै चितवन जाने कार्यक्रम छ।नेकपामा पछिल्लो समय नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा तिब्र विवाद देखिएको छ।बुधबार बसेको नेकपा सचिवालय बैठकले सर्वसम्मत रुपमा गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो। तर, त्यो निर्णयप्रति अध्यक्ष ओली असन्तुष्ट छन्।

उनले गौतमलाई राष्ट्रिय सभामा मनोनितको लागि सरकारले सिफारिस नगर्ने बताएपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको छ। ओली हालका अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिन चाहन्छन्।नेता खनाल, नेपाल लगायतले भने पार्टीले गरेको निर्णय कार्यान्वयन नगरे ओलीलाई प्रधानमन्त्रीबाटै हटाउनेसम्मको चेतावनी दिन थालेका छन्।नेकपाभित्रको आन्तरिक कलह सार्वजनिक भएको बेला अध्यक्ष ओलीबाहेकका शीर्ष नेताबीच भएको यो वार्तालाई चासोको साथ हेरिएको छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article