हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री राईलाई पति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं – प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् ।

Advertisement

दोलखा घर भएको बताउँने बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार शुक्रबार दिउँसो बालिका खड्का ९राई० नाम गरेकी महिलाले राईविरुद्ध मुद्दा दायर गरेकी हुन् ।

Advertisement

खड्काले राईले आफूसँग विवाह गरेको र पछि घरेलु हिंसा गर्ने गरेको पनि उजुरीमा उल्लेख गरेकी छन् । उनले मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफूलाई अंशबण्डा गरिनुपर्ने मागदाबी गरेकी छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)