हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

जीप दुर्घटना हुँदा एक युवकको मृत्यु

सुर्खेत , गुर्भाकोट नगरपालिका–९ सुर्खेत झुल्केस्थित लु.१.ज ४०७९ नंको बलेरो जीप आज दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिम्ता गाउँपालिका–९ सुर्खेत निवासी २४ वर्षीय भुपाल खत्रीको जीप दुर्घटनामा मृत्यु भएको हो ।

Advertisement

Advertisement

मेहलकुना अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । नेपालगञ्जबाट सिम्ता जामुने बजार सुर्खेततर्फ गइरहेको उक्त जीप सडकको बायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना भएको उहाँले बताउनुभयो ।

प्रहरी निरीक्षक माधव चौधरी नेतृत्वको टोलीले सिम्ता–९ सुर्खेत निवासी २६ वर्षीय जीप चालक जीवन पुनको गाडीको अघिल्लो भागले च्यापिएको अवस्थामा उद्धार गरेको प्रवक्ता रावलले बताउनुभयो ।

उहाँका अनुसार चालक पुनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा पठाईएको छ । घटनामा सिम्ता–९का १९ वर्षीय जयबहादुर अधिकारी, ३० वर्षीय सूर्यबहादुर रोकाया, २८ वर्षीय ईश्वर गिरी र २२ वर्षीय बिरुनाथ योगी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)