शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक बिद्यालयको २५ औं बार्षिक उत्सव तथा रजत जयन्ती भब्यताका साथ सम्पन्न ( फोटोफिचर )

हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष तथा  शिक्षा समितिका अध्यक्ष डम्बर बहादुर गिरिको प्रमुख आतिथ्य तथा चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक  बिद्यालयका पिन्सिपल दुर्गा प्रसाद गौतमको अध्यक्षतामा बिबिध सास्कृतिक कार्यक्रम सहित २५ औं बार्षिक उत्सव तथा रजत जयन्ती भव्यताका साथ मनाएको छ।

Advertisement

Advertisement

हल्दिबारी गाउँपलिकाकै नमूना निजि बिद्यालयको रुपमा चिनिएको यस बिद्यालयमा ७८६ जना विद्यार्थी अध्यनरत छन भने बाल कक्षा देखि १२ सम्म अध्यन अध्यापन हुँदै आएको छ ।

 

 खेलकुद,सांस्कृतिक गतिबिधी अध्यन अध्यापन,समाजिक गतिविधिमा गाउँपालिकाकै उत्कृष्ट बिधालयको   रुपमा चिनिएको उक्त बिद्यालय लाई पूर्वप्रधानपन्च स्वर्गीय केशब कुमार कन्दङ्वा ले आज भन्दा २५ बर्ष अगाडि सुरु गरेका थिए ।

२५ औं बार्षिक उत्सव तथा रजत जयन्ती कार्यक्रममा शिक्षा क्षेत्रमा गरेको योगदानको कदर गर्दै विद्यालयसग आवद्ध शिक्षकहरु कृष्ण बहादुर बन ,सुदिप पोख्रेल ,गणेश सुवेदी ,एकाउन्टेन्ट धर्म भण्डारीलाई नगद ५ / ५ हजार सहित सम्मान पत्रले प्रमुख अतिथीबाट सम्मानित गरिएको थियोे । त्यस्तै SEE परिक्षा २०७५ मा GPA 3.7 A+ ल्याइ उतिर्ण भएकी दीक्षा प्रधानलाइ ब्राण्डेड कम्प्युटर थान एक सहित सम्मान पत्रले सम्मानित गरिएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि डम्बर बहादुर गिरि विद्यालयका पिन्सिपल दुर्गा प्रसाद गौतम ले मन्तव्य राख्नु भएको थियो

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article