समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जलथल जङ्गल जैविक बिबिधता सम्बन्धी तालिम हल्दिबारिमा सुरु

 झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ को सभा हलमा बन उपभोक्ता समुहका पदाधिकारीहरुका लागि २ दिने तालिम को डिभिजन बन कार्यलय झापाका प्रमुख बिस्णुलाल घिमिरे ले उद्घाटन गर्नुभएको छ ।

Advertisement

उद्घाटन मन्तव्य राख्दै प्रमुख घिमिरेले एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गललाई सामुदायिक वनहरुले क्षणिक स्वार्थ नहेरि भाबी सन्ततिहरुको भविस्य हेरि जगेर्ना गर्न लागि पर्नु पर्ने बताउनु भयो ।त्यस्तै सामुदायिक वनहरुले गरिबी निवारण,लैङ्गिक समानता , चोरी निकासि मा पुर्याएको सहयोगको समेत चर्चा गर्नु भएको थियो ।

Advertisement

उक्त तालिम कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ का अध्यक्ष बेदप्रकाश भण्डारी जलथल जङ्गल जैविक बिबिधता सम्बन्धि अध्यन गरिरहनु भएका डाक्टर लिलाराज शर्मा ले ६३ सय हेक्टरमा फैलिएको यश जङ्गल यहाँ रहेका जनावर, चराचुरुङ्गी, बोटबिरुवा, जडिबुटी तथा जीव जन्तुहरुको बारेमा मन्तव्य राख्नु भएको थियोथियो ।

सामुदायिक बन ब्यबस्थापनमा जैविक बिबिधता तथा पारिस्थितिकिय सेवाको समाहिकरण भन्ने विषयमा जलथल जङ्गल संग आवद्ध २२ ओटा सामुदायिक बनका ७० जना को सहभागिता रहेको छ ।

काठमाडौ फरेस्टृ कलेज कोटेश्वरको आयोजना तथा डिभिजन वन कार्यलय,फरेस्ट एक्सन नेपाल तथा सामुदायिक वन उपभोक्ता महासंघ झापाको समन्यता रहेको तालिममा जलथल जङ्गल जैविक बिबिधता अवसर ,चुनौती र फाइदाका बिषयमा बिज्ञहरु संग छलफल भएको थियो ।

एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गललाई कसरी जोगाइ आय आर्जन देखि पर्यटकहरुको गन्तव्य स्थल बनाउन सकिन्छ भन्ने बिषयमा सहभागीहरुलाई तालिममा बताइएको थियो ।

दुई दिन सम्म चल्ने तालिमको सहजीकरण काठमाडौ फरेष्ट्री कलेजका प्रोफेसर जैविक बिबिधता विशेषज्ञ अम्बिका गौतम लगायतको टिमले गरिरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article