स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

११ बर्षिया नेहा विकको मृगौला खराव, उपचारमा सहयोग गरिदिन अपिल

अर्जुनधारा–३ जुकेखाडीको भानु प्राथमिक बिद्यालयमा कक्षा–४ मा अध्ययनरत ११ बर्षिया नेहा धमला विकको मृगौला खराव भएको भन्दै परिवारले उपचारमा सहयोग गरिदिन अपिल गरेको छ ।

Advertisement

Advertisement

आर्थिक अवस्था एकदमै नाजुक भएकी नेहाकी आमा ताराले सहयोगका लागि बिर्तामोडस्थित गंगामाया तथा नरवहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्था समक्ष अभियान सञ्चालन गरिदिन आग्रह गरेकी हुन् ।

४l५ बर्षदेखि विरामी भएपनि आर्थिक अवस्था कमजोर भएका कारण सामान्य उपचार गरेको र अहिले समस्या ठूलो भएपछि सहयोगको खोजीमा रहेको उनले बताइन् । ‘आर्थिककै कारण राम्रो अस्पतालमा लगरे परिक्षण गर्नसम्म नसकेको उनले गुनासो सुनाइन् ।

संस्थाका अध्यक्ष भूपाल बस्नेतलले उनलाई अभियानमा सहजीकरण गरेर आर्थिक संकलनमा सहयोग पुर्याउने मंगलवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै जानकारी दिए । उनले २०७४ सालमा स्थापना भएको संस्थाले एकसय २५ जनालाई सहयोग गरिसकेको जानकारी दिए । उनले चाँडै संस्थाले अर्जुनधारा र बिर्तामोड नगरपालिकामा नेहा बचाउ अभियान सञ्चालन गर्ने बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article