हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सडक दुर्घटनामा महिलाको मृत्यु

लहान– सिरहाको कर्जन्हा नगरपालिका–३ जनकचोकस्थित सडकमा मंगलबार बोलेरोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

Advertisement

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ज १ च १३६९ नम्बरको बलेरो पिकअपले ठक्कर दिँदा पैदलयात्री कर्जन्हा नगरपालिका–३ निवासी ६५ वर्षीया कबुत्रीदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

बोलेरोको ठक्करबाट गम्भीर घाइते यादवको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)