समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापाको हल्दिवारीमा २ दिने जैविक बिबिधता सम्बन्धि तालीम सम्पन्न

सामुदायिक बन ब्यबस्थापनमा जैविक बिबिधता तथा पारिस्थितिकिय सेवाको समाहिकरण भन्ने विषयमा जलथल जङ्गल संग आवद्ध २२ ओटा सामुदायिक बनका ३/३ जना पदाधिकारी हरुको सहभागिता रहेको तालीम सम्पन्न भएको छ।

Advertisement

Advertisement

काठमाडौ फरेस्टृ कलेज कोटेश्वरको आयोजना तथा डिभिजन वन कार्यलय,फरेस्ट एक्सन नेपाल तथा सामुदायिक वन उपभोक्ता महासंघ झापाको समन्यता रहेको तालिममा जलथल जङ्गल जैविक बिबिधता अवसर ,चुनौती र फाइदाहरुका बिषयमा बिज्ञहरुले तालिममा सहभागीलाई प्रशिक्षण गर्नु भएको थियो।

दुई चरणमा भएको तालिमलाई डिभिजन बन कार्यलय झापांका प्रमुख बिस्णुलाल घिमिरे ,हल्दिवारी गाउँपालिका ४ का वडा अध्यक्ष होमप्रसाद चुडाल ,सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकास भण्डारी ,पुर्व अध्यक्ष छत्र पौडेल फरेस्ट एक्सन नेपालका प्रमुख डा नया शर्मा ,जलथल जैविक बिबिधता अनुसन्धान कार्यक्रमका संयोजक डाक्टर लिलाराज शर्मा ,काठमाडौ फरेस्टृ कलेजका प्राचार्य अम्बिका प्रसाद गौतम लगायतले रास्टिय – अन्तर्राष्ट्रिय तथा जलथल जङ्गल जैविक बिबिधताका बारेमा सामुदायिक बनका अभियान्ताहरुलाई जानकारी गराउनु भएको थियोे ।

सहभागीहरुले जलथल जङ्गल फरक किसिमको जैविक बिबिधता भएको भन्दै यसलाई जोगाउनु पर्नेमा जोडदिएका थिए ।

उक्त कार्यक्रम मा सहभागि कमलधाप रामपोखरी सामुदायिक वनकी सचिव मनकुमारी राईले जैविक विविधता संरक्षण तथा कार्ययोजना निर्माण गर्न यो कार्यक्रम कोशेढु़गा हुनेमा जोड दिईन भने पाथिभरा सामुदायिक वनका श्याम राज पुरीले वन तथा वातावरण सम्वन्धीको यस्तो तालिमको अझै आवश्यकता रहेको बताए ।

जैविक विविधता र पारिस्थितिकिय प्रणाली सम्वन्धीको यो कार्यक्रम मा जलथल क्षेत्रका २२ वटा वनको सक्रिय सहभागिता रहेको कार्यक्रम को सहजीकरण फरेस्ट एक्सन नेपालकी सामाजिक परिचालक देविका अधिकारी ले गर्नुभएको थियो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article