हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

साउदीबाट स्वदेश फर्किएका एक नेपालीमा कोरोनाको आशंका

काठमाडौँ– एयरपोर्ट हेल्थ डेस्कले साउदी अरेबियाबाट स्वदेश फर्किएका एक नेपालीमा कोरोनाको आशंका गर्दै त्रिभूवन विमानस्थलबाट सिधै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिफर गरेको छ।

Advertisement

मंगलबार राति ९ बजे साउदीबाट नेपाल फर्किएका उक्त व्यक्तिको विमानस्थलस्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले इन्फाइराइड थर्मामिटरबाट जाँच गर्दा उनीमा १०० डिग्री भन्दा बढी तामक्रम देखिएको हो।

Advertisement

तापक्रम बढी देखिने बित्तिकै उनलाई तत्काल नेपाल एम्बुलेन्स सर्भिसेजको एम्बुलेन्स प्रयोग गरी आइसोलेसनका लागि टेकु अस्पताल पठाइएको थियो।

मंगलबार मात्रै कुवेत र कतारबाट आएका थप दुईजना व्यक्तिमा कोरोनाको आशंका गर्दै हेल्थ डेस्कले टेकु अस्पताल रिफर गरेको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)