समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका प्रवक्ता पोर्तेल उत्पीडित अधिकार मञ्चको अध्यक्षमा चयन

बिर्तामोड । दलित अधिकारको क्षेत्रमा क्रियाशिल संस्था उत्पीडित अधिकार मञ्च (ओरिफ)नेपालको अध्यक्षमा सागर पोर्तेल चयन भएका छन्, उनी हल्दिवारी गाउँपालिकाका प्रवक्ता हुन् ।

Advertisement

 बिर्तामोडमा भएको भेलाले उपाध्यक्षमा तारा बोगटी, सचिव तिलक गजमेर , सहसचिवमा प्रदीप परियार र कोषध्यक्षमा निता घतानी यस्तै सदस्यहरुमा रोहित तोलाङ्गी, मिना सिन्च्युरी, हर्क बिक र प्रदिप गजमेरलाई चयन गरिएको छ ।

Advertisement

र झापाको १५ वटै स्थानीय तहमा संस्थाको प्रतिनिधि तोकिएको छ ।भेलाले पूर्वअध्यक्ष सोमनाथ पोर्तेल,टिकाराम मंग्रातीसहित टिका बयलकोटी र हर्कमाया विकलाई सल्लाहकार बनाएको छ ।

१७ वर्षअघि स्थापना भएको ओरिफ नेपालले जिल्लाको दलित अधिकारको क्षेत्रका काम गर्दै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article