समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

साउदीमा मरेका जित बहादुर मोक्तानको परिवारले पाए १४ लाखको चेक

 हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन र गुराँस बिमा कम्पनी झापाका मुख्य प्रवन्धक गुरिधर श्रेष्ठले साउदी अरेबियामा ज्यान गुमाएका जित बहादुर मोक्तान को आमालाई १४ लाखको चेक हस्तान्तरण गर्नु भएको छ।

Advertisement

Advertisement

१३ थुम जिल्ला साविक चुहानडाडा ४ बस्ने मोक्तानको साउदी अरेबियामा निधन गत २०७५ कात्तिक १६ गते निधन भएको थियोे ।

मृतकले इच्छाएको व्यक्ति र हकवाला फरक परेपछि उनको परिवारले पाउने बिमा वापतको रकम ढिला हुन पुगेको बताईएको छ ।

मृतक जित बहादुर को आमा डिल्ली माया मोक्तानलाई बिमा कम्पनीले झापामै उनको भदा प्रेम तामाङको घरमा गाउँ पालिका अध्यक्ष ,वडा अध्यक्ष ,पत्रकारहरुको रोहवरमा १४ लाख को चेक हस्तान्तरण गरेको हो । गुराँस बिमा कम्पनीबाट म्यादी बिमा गरि उनी साउदी गएका र उनको बिरामीको कारण निधन भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article