समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

साउदीमा मरेका जित बहादुर मोक्तानको परिवारले पाए १४ लाखको चेक

 हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेन र गुराँस बिमा कम्पनी झापाका मुख्य प्रवन्धक गुरिधर श्रेष्ठले साउदी अरेबियामा ज्यान गुमाएका जित बहादुर मोक्तान को आमालाई १४ लाखको चेक हस्तान्तरण गर्नु भएको छ।

१३ थुम जिल्ला साविक चुहानडाडा ४ बस्ने मोक्तानको साउदी अरेबियामा निधन गत २०७५ कात्तिक १६ गते निधन भएको थियोे ।

मृतकले इच्छाएको व्यक्ति र हकवाला फरक परेपछि उनको परिवारले पाउने बिमा वापतको रकम ढिला हुन पुगेको बताईएको छ ।

मृतक जित बहादुर को आमा डिल्ली माया मोक्तानलाई बिमा कम्पनीले झापामै उनको भदा प्रेम तामाङको घरमा गाउँ पालिका अध्यक्ष ,वडा अध्यक्ष ,पत्रकारहरुको रोहवरमा १४ लाख को चेक हस्तान्तरण गरेको हो । गुराँस बिमा कम्पनीबाट म्यादी बिमा गरि उनी साउदी गएका र उनको बिरामीको कारण निधन भएको थियोे ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)