हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

पत्रकार डेकेन्द्रराज थापाका हत्या आरोपी १५ बर्षपछि पक्राउ

दैलेख, फागुन २२ । पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन्। थापाको हत्या भएको १५ वर्षपछि मुख्य आरोपीत पक्राउ परेका हुन्। थापा हत्याका मुख्य आरोपीतमध्ये दुल्लू नगरपालिका–६ छिउडीपुसाकोटका ३९ वर्षीय ‘अरुण’ भन्ने बमबहादुर खड्का पक्राउ परेका हुन्।

Advertisement

शान्ति प्रक्रियापछि पनि पक्राउ पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई कैलाली प्रहरीले पक्राउ गरी अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा जिम्मा छोडेपछि मंगलबार दैलेख जिल्ला अदालतमा पेश गरिएको डिएसपी हरिबहादुर ओलीले बताए।

Advertisement

मंगलबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको आदेशबाट खड्कालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र मुल्तवीमा रहेको मुद्दा जगाइएको अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए।

खड्का पक्राउ परेपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्धा जागेको छ। हत्याका मुख्य आरोपीत हाजिर भएमा वा पक्राउ परेको बखत मुद्दा जगाउन सकिने दैलेख जिल्ला अदालतको अघिल्लो फैसला अनुसार फरार रहेका अन्य तीन जनासमेतको मुद्दा जागेको सूचना अधिकारी आचार्यले बताएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)