समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जलथल जङ्गलको बिचबाट बाटो खन्नु आफ्नै सन्तानको हत्या गर्नु हो ?

 नेत्र बिक्रम बिमली । एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गललाई खण्डित गर्दै प्रदेश सरकारबाट बाटो खन्ने कुरालाई बन अभियान्ताहरुले बिरोध गरेका छ्न ।

Advertisement

नेपालमा जलथल जङ्गल जस्तो बन तराईमा नभएको र हिमाल ,पहाड ,चुरेमा समेत पाइने बन्यजन्तु ,बनस्पति ,जडिबुटी ,चराचुरुङ्गी यश बनमा पाइने हुदा बिचबाट आवश्यकता बिनानै संरक्षक गर्नुपर्ने बनलाई खण्डित गर्ने कुरा रोक्नु पर्ने सामुदायिक बनका अभियान्ताहरु भनाई छ।

Advertisement

६३ सय हेक्टरमा फैलिएको यश बनमा २२ वटा सामुदायिक बन उपभोक्ता समुहले संरक्षण गरिरहेको डिभिजन बन कार्यलय झापाका प्रमुख बिस्णुलाई घिमिरेले बताउनु भएको छ। प्रमुख घिमिरेका अनुसार जैविक बिबिधता रहेको बनलाई सुरक्षित गर्नु पर्नेमा बिकासको नाममा खण्डित गरि बिनास गर्नु नहुने बताउनु भएको छ ।

झापा ३ क का प्रदेश सदस्य वसन्त बानिया र ख का प्रदेश सदस्य पूर्णसिंह राजवन्सीले जङ्गलको बिचवाट बाटो खन्न बजेट निकासा गरि जङ्गल बिनास गर्न लागेको भन्दै चौतर्फी बिरोध शुरु भएको छ।

सामुदायिक बनका अभियान्ताहरु भन्छन यश बनको बिचबाट बाटो खन्नु भनेको जैविक बिबिधतालाई सखाप गर्नुमात्र नभैइ आफ्नै सन्तानको हत्या गर्नु सरह हो !

सामुदायिक बन उपभोक्ता महासघका अध्यक्ष बेदप्रकास भण्डारी ,पुर्व अध्यक्ष छत्र पौडेल ,हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्ग्देन , कचलकवलका अध्यक्ष अन्जार आलम ,वडा अध्यक्ष होम प्रसाद चुडाल लगायत २२ वटै सामुदायिक बनहरुले बिरोध जनाएका छ्न।

एसियाकै जैविक बिबिधता भएको जङ्गल भन्दै बिगत ८ महिना देखि अन्तर्राष्ट्रिय चासोको साथ फरेस्ट एक्सन नेपाल,काठमाडौ फरेस्टृ कलेज , डिभिजन वन कार्यलय, तथा सामुदायिक वन उपभोक्ता महासंघ झापाको सहकार्यमा जैविक बिबिधता विशेषज्ञहरुबाट अनुसन्धान भइरहेको छ ।

जैविक बिबिधता अनुसन्धान शुरुभएपछि जलथल जङ्गललाई हेर्न विभिन्न मुलुक तथा नेपालका विशेषज्ञ हरु आउने गरेको र यश जङ्गललाई बचाउन लागि पर्ने पाथीभरा कालिका सामुदायिक बनका अध्यक्ष चिरञ्जीवी पौडेल बताउछ्न ।

प्रदेश सरकारको ५७ करोडौंको लगानीमा बन्ने भनिएको बाटो पाथीभरा कालिका सामुदायिक बनकै ९०% भुभाग हुदै जाने तथा १ हजार भन्दा बढी लोप हुन लागेका तथा अन्य बनस्पति ,पुतली ,बन्यजन्तु ,चराचुरुङ्गीलाई प्रत्येक्ष असर हुने सरोकारवाला बन अभियान्ताहरुको भनाई छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article