हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

१२ वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गर्ने पुस्तक चर्चामा

एजेन्सी। कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै भएको खुलेको छ। त्यो पनि पुस्तकमार्फत्। सिल्भिया ब्राउनीको पुस्तक इन्ड अफ डेजस् प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो।

Advertisement

यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो। अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणीबारेको पेज भाइरल भइरहेको छ। पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका निमोनिया जस्ता रोगहरु सँसारभर फैलनेछ।

Advertisement

फोक्सोमा आक्रमण गरी सबै किसिमका औषधीले काम लाग्न नसक्ने हुने समेत उल्लेख छ। यी वर्ष यस्तै प्रकारको रोग फैलने भविष्यवाणी गर्नसकेको भन्दै पुस्तकका लेखकको चर्चा छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)