शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

संजिविनी साकोस बिर्तामोडले गर्‍यो रास्टिय एकता प्राविलाई ३३ हजार सहयोग

हल्दिवारी २ स्थिति रास्टिय एकता प्राविलाई संजिविनी साकोस बिर्तामोडले ३३ हजारको चेक हस्तान्तरण गरेको छ। हल्दिवारी २ का अध्यक्ष राजेन्द्र योङहाङ्को प्रमुख आतिथ्यतामा भएको चेक हस्तान्तरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण अधिकारीले गर्नु भएको थियो ।

Advertisement

Advertisement

अति बिपन्न र बिपन्न परिवारका १४८ विद्यार्थीहरु अध्यन गर्ने उक्त विद्यालय २०४६ देखि शुरु भएको थियोे ।

संजिविनी साकोसले रास्टिय एकता प्राविमा अध्यनरत विद्यार्थीहरुको लागी जुत्ता मोजा किन्न उक्त ३३ हजार सहयोग गरेको कार्यक्रममा बताईएको थियोे ।सामाजिक उतरदाहित्व कार्यक्रम अन्तरगत सहयोग गरेको चेक साकोसका अध्यक्ष याम कुमार चुडालले विद्यालयका प्र अ द्ववारिका प्रसाद सुबेदीलाई हस्तान्तरण गर्नुभएको थियोे ।

सोही अवसरमा एकता बहुउद्देश्यीय सहकारीले समेत फुलवारी बनाउनको लागि विद्यालयलाई ७ हजार नगद सस्थाका उपाध्यक्ष गङ्गा प्रसाद प्रसाईले प्रदान गर्नु भएको थियोे ।

उक्त चेक हस्तान्तरण कार्यक्रमलाई प्रमुख अथिती वडा अध्यक्ष राजेन्द्र योङ्हाङ्ग , संजिविनी साकोसका अध्यक्ष याम कुमार चुडाल ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिकृष्ण अधिकारी ,बिधालयका प्र अ द्ववारिका सुवेदी ,सहकारी कर्मी गङ्गा प्रसाद प्रसाईं ,स्थानीय युवा समाजसेवी मनोज शाहले लगायतले मन्तव्य राखेको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक दिनेश कुमार सुबेदीले गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article