हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दीबारी आधारभुत अस्पताल बिहान ७ देखि बेलुकी ७ बजेसम्म संचालनमा

हल्दीबारी गाउँपालिकामा संचालित हल्दीबारी आधारभुत अस्पताल पौष १७ गतेबाट बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अस्पताल सेवा शुरु भएको छ ।

Advertisement

अस्पतालको कार्यविधि तयार गरेर अस्पतालको सेवा थप कर्मचारी सहित हाललाई १२ घण्टा शुरु गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेन्द्र) ले जानकारी दिनुभएको छ।

Advertisement

हल्दीबारी आधारभुत अस्पताल वडा नम्बर १ मा धमाधम बनिरहेको छ भने पालिकाले तत्काल जनतालाई सेवा दिने उदेश्यले पालिकाको सभाहललाई अस्थायी अस्पतालको रूपमा हाललाई संचालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत बन बताउनु हुन्छ ।

अस्पतालमा हाल १ जना डाक्टर , २ जना हेल्थ असिस्टेन्ट , १ जना फार्मेसी , १ जना ल्याव टेक्निसियन १ जना असिस्टेन्ट ल्याव टेक्निसियन ,२ जना अनमी , २ जना अहेव , १ जना अनमी निरीक्षक तथा अन्य ३ जनागरी १४ जना कर्मचारी कार्यरत रहेको पाइन्छ ।

हल्दीबारी बासीको स्वास्थ्यलाई मध्यनजर गर्दै सनिवार तथा बिदाको दिनमा समेत अस्पताल तोकिएको समयमा संचालनमा आउने गरि व्यवस्था मिलाएको प्रमुख बनले बताउनु भयो ।

अस्पतालले हालमा स्वास्थ्य बिमा , ओपिडी सेवा, आकस्मिक सेवा , प्रयोगशाला , E.C.G सेवा लगायतका १५ वटा सेवा दैनिक रूपमा दिदै आएको छ । गाउँपालिकाले भारतीय दूतावासको सहयोगमा प्राप्त एम्बुलेन्स सेवा समेत २४ औं घण्टा सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)