हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपालमा पहिलोपटक कोभिडको सब–भेरियन्ट पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, २३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ सब– भेरियन्ट जेएन वान फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध गरेको छ ।

Advertisement

नयाँ भेरियन्टको सङ्क्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित १६ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ‘जिन सिक्वेन्सिङ’मा सातवटा नमूनामा ओम्निक्रोनको सब–भेरियन्ट जेएन.वान देखिएको राससलाई बताउनुभयो ।

मन्त्रालयले सङ्क्रमण रोक्न नेपाल–भारत सीमानाकाका प्रवेश विन्दुमा ‘हेल्थ डेस्क’ स्थापना गर्न स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छभने आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)