हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपाल आयल निगम लिमिटेडकाे ५४ औं वार्षिकाेत्सवकाे उपलक्ष्यमा रक्तदान

काठमाडौं/नेपाल आयल निगम लिमिटेडकाे ५४ औं वार्षिकाेत्सवकाे उपलक्ष्यमा कार्यालय प्राङ्गण टेकुमा  बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न भएको छ ।
विशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता,”रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक” “रगत महानायक” लगायत अन्य बिभिन्न बिभूषणबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे उपस्थितिमा निगमका नायब कार्यकारी निर्देशक ई. बीरेन्द्र गोईतले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो ।
नेपाल आयल निगम लिमिटेडले विगत एक दशक भन्दा अगाडिदेखि प्रत्येक वार्षिकोत्सवको अवसरमा  रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । गत बर्ष ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १३१ जना रक्तदाताले रक्तदान गर्नु भएकोमा आज आयोजित रक्तदान कार्यक्रममा १५१ जना रक्तदाताहरूले रक्तदान गर्नुभएकाे जानकारी कार्यक्रमका संयाेजक बिकास बखतीले दिनु भयो ।
आजको रक्तदान कार्यक्रममा बिशेष अतिथिको रूपमा आमन्त्रित १७६औं पटक रक्तदान गरिसक्नु भएका प्रेमसागर कर्माचार्यज्यूले निगमद्वारा आगामी दिनमा कम्तीमा वार्षिक रूपमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्न सुझाव दिनुका साथै रक्तदाताहरूलाई प्रमाण-पत्र र मायाकाे चिनाे पानस उपहार प्रदान गर्नुभएको भयो ।
कार्यक्रमकाे समापनमा प्राविधिक सेवा प्रदान गर्ने केन्द्रीय रक्त संचार सेवालाई निगमको तर्फबाट प्रशंसा-पत्र प्रदान गरिएको थियो भने त्यसैगरी  निगमलाई केन्द्रीय रक्त संचार सेवाले रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरेकोमा प्रशंसा-पत्र प्रदान गरेको थियो ।
रक्तदान कार्यक्रम उप-समितिका संयोजक बिकास बखतीले विशेष अतिथि प्रेमसागर कर्माचार्यद्वारा राख्नु भएको प्रस्तावलाई संयाेजक बिकास बखतीले आगामी बर्षदेखि कम्तिमा बर्षमा दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्ने पनि बताउनु भयो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)