धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दीवारी-३ डाडा गाउँमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान माहायज्ञ 

हल्दीवारी -३ डाडा गाउँमा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान  माहायज्ञको कोशी  प्रदेश  माननीय छविलाल चुडालले उद्घाटन गर्नु भएको छ ।

Advertisement
राधाकृष्ण मन्दिर , स्थानीय शाखा हल्दिवारीको आयोजनामा आज पौष २७ बाट सुरु गरिएको माहायज्ञ माघ ४ गतेसम्म संचालन हुने पुराण आयोजक समितिले जनाएको छ ।
श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान  माहायज्ञमा नेपालका ख्यातिप्राप्त युवा  कथा वाचन आचार्य पण्डित बिस्णु प्रसाद भट्टराई र पण्डित उदय खनाल शात्रीले  कथा वाचन गर्नु हुने छ ।
पुराण आयोजक समितिका अध्यक्ष चन्द्र प्रसाद दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि छविलाल  चुडाल, वडा नम्बर ३ का अध्यक्ष बिस्णु प्रसाद ओली ,वडा सदस्य बिस्णुमाया ढुङ्गेल ,  सनातन धर्म सेवा समिति जिल्ला सचिव लक्ष्मी प्रसाद दंगाल, सरस्वती आविका प्र . अ . गोविन्द बोहरा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य अञ्जली भट्टराईको रहेको थियोे भने कार्यक्रमको सहजीकरण अभिषेख खतिवडाले गरेका थिए ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article