समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

डोटीमा जीप दुर्घटना हुँदा १४ जना घाइते

जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ मेलगैरामा यात्रुबाहक जीप बिहीबार दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

Advertisement

घाइतेमध्ये हुम्ला जिल्लाका दानसिंह टमटा र अशोक बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि कैलालीतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो ।

Advertisement

दुर्घटनामा परी घाइते भएका अन्य १२ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यात्रु सङ्ख्या बढी भएका कारण जीप अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रहरीका अनुसार बैतडीबाट बाजुरातर्फ गइरहेको से १ ज १६३ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेको ट्राफिक प्रहरी पुकार धामीले जानकारी दिनुभयो ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article