स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी गाउँपालिकाले गर्‍यो मादेनको सल्यक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद

हल्दिवारी गाउँपालिकाले वडा स्तरीय फुटबल खेलमा घाइते भएका खेलाडी सन्तोष मादेन लिम्बूको उपचारमा कुनै कमि हुन नदिने गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले बताउनु भएको छ ।

Advertisement

घाइते लिम्बुको उपचारमा सहयोग पुर्याउने ट्रमा सेन्टरका प्रोफेसर डाक्टर किशोर मानन्धर ( डा. मानन्धरको टिमले ५ घण्टा लगाएर मादेनको सल्यक्रिया गरेको थियोे ) वीर अस्पतालका सामाजिक सेवा इकाई प्रमुख अर्जुन भेटवाल तथा स्वास्थ अधिकृत पाण्डव बरालले सहयोग पुर्याउनु भएकोमा हल्दिवारी गाउँपालिकाले आभार तथा विशेष धन्यवाद दिएको छ ।

Advertisement

आर्थिक अवस्था कमजोर भएका सन्तोषको मेची अस्पताल ,पाथीभरा अस्पताल ,नोबेल अस्पताल हुँदै काठमाडौ लगिएको थियोे ।

बिर्तामोड स्थिति बिएण्सी अस्पतालले लिन नमानेपछि उनलाई नोबेल अस्पताल बिराटनगर लगिएको थियोे ,त्यहाका डाक्टरले समेत घोपा या काठमाडौ लान भनेपछि रातिनै उपाध्यक्ष गिरि र खेलकुद परिषद अध्यक्ष महेसलाल मेचेले ट्रमा सेन्टर लिएर गएको बताईएको छ।

अहिले सल्यक्रिया पछि मादेनको स्वास्थमा सुधार भएको र १५ दिन जति अस्पतालमा नै उपचार गर्नु पर्ने डाक्टरहरुले जानकारी गराएको उपाध्यक्ष गिरिले हल्दिवारी डटकमलाई जानकारी गराउनु भएको छ।

वडा स्तरीय फुटबल खेलमा विपक्षी खेलाडीको घुडाले पेटमा लागेपछि उनी बेहोस हुनपुगेका थिए ।उनको आमासय फुट्नुका साथै पेटमा रगत समेत जमेको कारण जटिल अवस्थामा झापा हुँदै काठमाडौ पुर्याई सफल सल्यक्रिया सम्पन्न भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article