समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

वैदिकको रक्तदानमा २४ जनाले दिए रगत

भद्रपुर । स्थापनाको १३ औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० ले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

सहकारी स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रक्तदान तथा विपन्न सदस्यका लागि निशुल्क स्वास्थ्य विमा कार्यक्रम सम्पन्न गरिएको हो ।

Advertisement

रक्तदान कार्यक्रममा ४ महिला सहित २४ जनाले रक्तदान गरेका थिए भने सहकारीमा आबद्ध रहेर नियमित कारोवार गर्ने आर्थिक अवस्था कमजोर रहेकाकारण स्वास्थ्य विमा गर्न समस्या परिरहेका सदस्य रामबहादुर माझीको एक वर्षको ३५००।— (तीन हजार पाँच सय रूपैया) तिरेर उनको परिवारको एक वर्षको विमा निशुल्क गरिएको थियो ।

बचत तथा ऋण सहकारी संघका केन्द्रीय महासचिव घनश्याम अधिकारीले ३८ औं पटक रगत दिएर उद्घाटन गरिएको रक्तदान कार्यक्रममा ४ महिला सहित २४ जनाले रक्तदान गरेका थिए ।

संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा नेप्सुङका महासचिव अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत उपाध्यक्ष डिल्लीराम अधिकारीले गरेका थिए भने सञ्चालन सचिव विदुर ढुंगानाको रहेको थियो । रक्तदान रेडक्रस सोसाइटी झापाको प्राविधिक संयोजनमा सम्पन्न भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article