कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता “नारी”

कविता “नारी”

Advertisement

के भनु तिमीलाई ??
अबला, सबला,शक्ति,वत्सला,
प्रेयसी वा केवल नारी..??
तिमीलाई बुझ्न मुश्किल छ ,
शायद .कठिन पनि … I

Advertisement

कैयौ रूपमा तिमी छो ,
सारा जीवनमा तिमी नै छो , तिमी बिना सबै अपूर्ण छ ,
तिमी पूर्णताको पर्याय हौ ,
हर पल हर क्षण,
तिमी बिन शून्य- शून्य लाग्छ ,
तिमी धरा हौ अंकुरणको ,
वात्सल्य की पराकाष्ठा हौ ….
तिमी तरूणिका श्रंगार हौ ,
गृहस्थी की कर्णधार हौ ,
घर – बगैचाको आधार हौ ,
सुन्दर पुष्पहरुका पर्याय हौ ,
जीवन की सुखद जीवटता हौ ,
दिन-दानीका अवधार हौ … I

समय चक्रको साथ,
अच्छा -अच्छाको ,
कांध नापेका छो तिमीले ,
कर्मणा,दुर्गा,काली बनी तिमीले ..
मर्यादा र लज्जा पनि ,
घुम्टोबाट निभाएकि छो तिमीले ….

घरको चुल्होदेखि लिएर,
जागीर जीवनको गन्तब्यसम्म ,
हरेक स्थानमा तिमी नै हो,
सबैका साथ छो सर्वदा…..
मानमा – सम्मानमा ,
तिमी सबै हौ , सर्वत्र छो …
जहाँ कहीं पनि जीवन हौ ,
त्यहाँ तिमी छो …तिमी नै हौ हौ ….

 देवेन्द्र किशोर ढुङगाना
भद्रपुर, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article