हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा १४ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

हल्दिवारी, १५ माघ । हल्दिबारी गाउँपालिकाको आयोजनामा आजबाट शुरु भएको १४ औं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले उद्घाटन गर्नु भएको छ ।

Advertisement

हल्दिबारी माविको खेलमैदानमाशुरु भएको रनिङ शिल्ड प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ।

Advertisement

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउदै राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थी खेलाडीलाई गाउँपालिकाले पुरस्कृत गर्ने घोषणा समेत गर्नु भएको थियो।

गाउँपालिका स्तरीय खेलकुद समितिका संयोजक सन्त कुमार थापाको अध्यक्षय्ता एवं पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रमलाई गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन ” महेन्द्र ” वडा अध्यक्षहरु देवि बहादुर थापा, शुकलाल राजवंशी, नेकपा एमाले हल्दिवारी पार्टी अध्यक्ष त्रिलोचन सापकोटा, महेन्द्र माविका प्रअ चक्रबहादुर बस्नेत, गाउँ शिक्षा सहज कर्ता दुर्गा प्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

प्रतियोगितामा ११ विद्यालयका ३ सय खेलाडीले विभिन्न बिदामा १५, १६ र १७ गते प्रतिस्पर्धा गर्नेछन् । रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सदस्य सचीव एवं हल्दिवारी माविका प्रअ टंक बहादुर पाख्रिनले स्वागत गर्नु भएको उद्घाटन कार्यक्रमको सहजीकरण हल्दिवारी मावका सहायक प्रअ तुलसी कोइरालाले गर्नु भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)