हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

जिवन बिकासले दियो थिङ्लाई १० हजार छात्रवृत्ति

 जिवन बिकास लघु वित्त वितिय सस्थाले SEE २०७५ मा हल्दिवारी गाउँपालिका स्थित शिवसक्ती जीवन बिकास केन्द्र ११० अन्तरगत सबैभन्दा धेरै अङ्क ल्याउन सफल विद्यार्थीलाई छात्रवृत्ति कोष अन्तर्गत १० हजार प्रदान गरेको छ।

Advertisement

महेन्द्र मावी बाट see उतिर्ण छात्रा उर्मिला थिङ्लाई आज विशेष कार्यक्रमका बिच प्रमुख अतिथि वडा अध्यक्ष होम प्रसाद चुडालले नगद १० हजार प्रदान गर्नु भयो ।

Advertisement

महेन्द्र माविमा आयोजना गरेको छात्रवृत्ति बितरण तथा हाजिर जवाफ प्रतियोगिता मा जीवन बिकासले छात्रवृत्ति प्रदान गरेको हो। आफ्ना सदस्यहरुका छोराछोरी लाई प्रदान गरिने छात्रवृत्ति २०७५ मा महेन्द्र माविमा अध्यनरत छात्रा उर्मिला ले पाएकी हुन ।

उनी जीवन बिकास केन्द्र ११० अन्तरगत महेस्वरी थिङ्की छोरी भएको जीवन बिकास बिर्तामोडका प्रमुख रमेश कुमार श्रेष्ठले बताउनु भएको छ। छात्रवृत्ति बितरण कार्यक्रमलाई प्रमुख अतिथि चुडाल ,विद्यालयका प्र अ गङ्गाराम खरेल तथा जीवन बिकास प्रमुख रमेश कुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)