हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

एकता वडा बाल संजालको पुर्नगठन, अध्यक्षमा एलिसा पाठक, दुई पदाधिकारी सम्मानित

– रिजन तिम्सिना / झापाको कनकाइ नगरपालिका वडा नम्बर ५ स्तरीय एकता बाल संजालको आज पुर्न गठन सम्पन्न भएको छ ।

Advertisement

बाल संजालको पुर्न गठन कार्यक्रम आज वडा नम्बर ५ को भवनमा वडाध्यक्ष सग बालबालिका कार्यक्रमको बिच सम्पन्न भएको हो । पुर्न गठन कार्यक्रम मार्फत वडा बाल संजालले सक्रिय सदस्यकोरुपमा एकता बाल संजालका उपाध्यक्ष समेत रहेका नितेश गौतमलाई सम्मान समेत गरेको थियो । त्यस्तै गरि बाल संजालका आर्थिक बर्ष २०७७/७८ कोपुर्व अध्यक्ष अनुप भटराइले सम्मान प्राप्त गर्नु भएको थियो ।

Advertisement

एकता बाल संजालको आज भएको पुर्न गठन मार्फत अध्यक्षमा एलिसा पाठक त्यस्तै गरि उपाध्यक्षमा दीक्षा निरौला सचीवमा सुभेक्षा प्रसाईं सहसचिवमा सौगात बस्नेत कोषाध्यक्षमा राम मुर्मु रहेका छन भने सदस्यमा राज तामाङ अनुस पौडेल अनिस भटराइ र सर्गम खडका गरि जम्मा ९ सदस्यीय समिती गठन गरिएको बाल संजालका पुर्व उपाध्यक्ष नितेश गौतमले जानकारी गराउनु भयो ।

सौगात गड्ला सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथितीमा वडा नम्बर ५ का वाडाध्यक्ष कृष्ण बहादुर राई रहनुभएको थियो । त्यस्तै गरि कनकाइ नगरका बाल कल्याण अधिकारी उमानाथ अधिकारीको बिशिस्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा कनकाइ नगर बाल संजालका अध्यक्ष अभिषेक मिश्र त्यस्तै गरि नगर बाल सन्जाल का सचीव अभिषेक बुदाथोकीको आतिथ्यता रहेको थियो । कार्यक्रमको स्वागत मन्त्वय एलिसा पाठकले राख्नु भएकाे थियाे भने शुभकामना मन्त्वय भगवती आधारभुत बिधालयका प्रधानाध्यापक खड्क प्रसाद बिमलीले तथा बेनुबाजा बिधालयका प्रीन्सिपल बिनोद सुब्बाले राख्नु भएको थियो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)