स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौंडा नगर समिति गठन

माघ,हेटौंडा/ नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार अन्तर्गत मंगलबार एक भेलाका बीच हेटौंडा नगर समिति गठन गरिएको छ ।

Advertisement

हेटौंडा उपमहानगरपालिका वडा – १० स्थित लिडोइन हाेटलकाे सभाकक्षमा आयाेजित उक्त भेलाले पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय हेटाैंडा नगर समिति गठन भएको हो ।

Advertisement

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता,”रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक”,”रगत महानायक” लगायत अन्य बिभिन्न बिभूषणबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले ब्यानर बाचन गरि भेलाकाे उद्घाटन गर्नुभएको थियोे ।

नेपाल स्वयंसेवी रक्तदाता समाज मकवानपुर जिल्ला शाखा अध्यक्ष सुरेन्द्रमान प्रधानको सभापतित्वमा भएको भेलाले उपाध्यक्ष सानुकाजी पाण्डे, सचिव राजेश वाग्ले, कोषाध्यक्ष सानुकाजी बास्ताकोटी चयन हुनु भएको छ । समितिको सदस्यहरुमा क्रमश: बिज्ञान रिमाल, राजकुमार अर्याल, दिपकराज मिश्र, दिनेश फुयाल र जागृत सुवेदी निर्विरोध चयन हुनु भएको छ ।नव गठित पदाधिकारीहरुलाई मकवानपुर शाखा अध्यक्ष प्रधानले शपथ ग्रहण गराउंनु भएको थियोे ।


कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले नवगठित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई प्रमाण-पत्र  प्रदान गर्नुभएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज हेटाैंडा नगर समितिकाे तर्फबाट अध्यक्ष पूर्णप्रसाद अर्यालद्वारा प्रमुख र सभापति द्वय:लाई मायाकाे चिनाे स्वरूप ठेकी उपहार दिनुभएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article