हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

प्रेमसागर कर्माचार्यले गरे १ सय ७७औं पटककाे रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष  समेत रहनु भएका स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले १ सय ७७औं पटककाे रक्तदान गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको हो । कर्माचार्य भन्नुहुन्छ “नेपालमा दानमा दिएको रगतको पनि शुल्क तिर्नुपर्नेलाई सरकारले त्यसलाई निःशुल्क बनाउनुपर्छ । जस्कालागि हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छौं तर कार्यान्वयनमा भने आएको छैन् र पनि हामी स्थानीय तहहरु सँग समन्वय गरेर निःशुल्क बनाउने काममा लागि परेका छौं जस्को जवलन्त उदाहरण भखरै कर्णाली प्रदेशको सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिकाले आफ्ना नागरिकहरुलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ । यस्कालागि नगरपालिका परिवारलाई म धन्यवाद दिन्छु ।”

Advertisement

नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा जिल्ला शाखा अध्यक्ष उपेन्द्र जाेशीकाे सभापतित्वमा सञ्चालित कार्यक्रममा समाजका सल्लाहकार राजेन्द्र पनेरूले कर्माचार्यलाई खादा,दाेसल्ला ओढाएर सार्वजनिक सम्मान गर्नुका साथै सामुहिक तवरले मायाकाे चिनो हस्तान्तरण गर्नुभएको थियो ।

Advertisement

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)